फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङको निरीक्षणपश्चात् पैचिङ विश्वविद्यालयका शिक्षक तथा विद्यार्थीहरुबीच सक्रिय प्रतिक्रिया

(GMT+08:00) 2018-05-03 14:27:32

मेइ चार तारिख युवा दिवस तथा पैचिङ विश्वविद्यालयको स्थापना भएको एक सय बीसौं वार्षिकोत्सवको उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव सी चिन फिङले हिजो मेइ दुई तारिख पैचिड विश्वविद्यालयको निरीक्षण गर्नुभएको छ। यस अवसरमा उहाँले विश्वविद्यालयको निर्माण तथा योग्य व्यक्ति हुर्काउने लगायतका पक्षमा भविष्यमा अझै राम्रो हुने आशा पनि व्यक्त गर्नुभयो। उहाँको निरीक्षणबाट पैचिङ विश्वविद्यालयका शिक्षक तथा विद्यार्थीहरुबीच सक्रिय प्रतिक्रिया जगाइएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव सी चिन फिङले हिजो मेइ दुई तारिख पैचिड विश्वविद्यालयको निरीक्षण गर्दै विश्वविद्यालयले समाजवादका निर्माणकर्ता र उत्तराधिकारी हुर्काउने मूलभूत कार्यबारे स्पष्टसँग बुझेर शिक्षाको उचित राजनीतिक दिशातर्फ अग्रसर रहनुपर्ने, गुणस्तरीय शिक्षा टोलीको निर्माण गर्नुपर्ने, योग्य व्यक्ति हुर्काउने प्रणालीको स्थापना गर्नुपर्ने तथा चिनियाँ विशेषतायुक्त एवम विश्वको सर्वोच्च विश्वविद्यालयको निर्माण गर्नुपर्ने प्रष्ट पार्नुभयो।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत पैचिङ विश्वविद्यालय समितिका सचिव हाउ फिङले महासचिव सी चिन फिङको सम्बोधनले शिक्षाको उचित राजनीतिक दिशालाई बढाउन, गुणस्तरीय शिक्षा टोलीको निर्माण गर्न तथा योग्य व्यक्ति हुर्काउने प्रणालीको स्थापना गर्नका लागि आधार प्रदान गरेको बताउनुभयो।

स्वयमसेवाप्रति चासो राख्ने स्नातकोत्तर तहमा अध्ययनरत् ली श्याउ तानले सेवा कार्यका लागि अरु बढी कोशिश गर्ने भन्दै चीनको पुन:उत्थान तथा मातृभूमिको निर्माणका लागि थप योगदान गर्ने बताइन्।

जानकारी तथा लेखहरु