फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मार्क्सको दुई सयौं जन्मजयन्तीको अवसरमा मेइ चार तारिख एक स्मृति समारोहको आयोजना गरिने

(GMT+08:00) 2018-05-03 14:28:42

मार्क्सको जन्म भएको दुई सयौं वर्षको अवसरमा उनको सम्झनामा एक स्मृति समारोह मेइ चार तारिख बिहान दश बजे बृहत्त जन सभा भवनमा आयोजना गरिने भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले सो सम्झना समारोहमा महत्वपूर्ण सम्बोधन गर्नुहुने कार्यक्रम पनि रहेको छ।

सोही दिन चीन मिडिया ग्रुप अन्तर्गत केन्द्रिय टेलिभिजन, केन्द्रिय जन रेडियो तथा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले उक्त महाधिवेशनको प्रत्यक्ष प्रसारण गर्ने छन्। साथै जन दैनिक समाचार पत्र, सिन ह्वा समाचार समिति, केन्द्रिय टेलिभिजन र चाइना न्युजको वेबसाइट तथा जन दैनिक समाचार पत्र,सिन ह्वा समाचार समिति तथा केन्द्रिय टेलिभिजनको न्युज एपमार्फत् पनि प्रत्यक्ष प्रसारण गर्ने छन्।

जानकारी तथा लेखहरु