फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साइबेरियन चराले महोत्तरीको गौशाला सेताम्मे

(GMT+08:00) 2018-05-03 15:29:45

साइबेरियन चरा एकीकृत भएर बसेपछि महोत्तरीको गौशाला क्षेत्र सेताम्मे बन्दै गएको छ। बकुल्ला झैँ देखिने यी चरा इलाका प्रहरी कार्यालय, गौशालाको परिसरमा रहेको मसलाको रुखमा गुँड बनाएर बसेपछि यहाँको वातावरण नै सेताम्मे बनेको गोरखापत्रअनलाईनले लेखेको छ।

वर्षेनि गर्मी मौसम शुरु भएलगत्तै यहाँ आउने यी चरा असोज मसान्ततिर साइबेरीयातर्फ फर्किने गरेका छन्। नेपालको यस स्थानमा मात्र आउने साइबेरियन चरा वर्षेनि गर्मी मौसमको शुरुवातसँगै आउने र असोजको अन्तिमसम्ममा फर्कने गरेको स्थानीयको भनाइ छ।

बकुल्लाजस्तै देखिने सेतो रङको चरा बकुल्ला प्रजातिको भएको र प्रजननका लागि आउने गरेको बुझाइ छ।

सेतो घाँटी र पहेँलो घाँटी भएको उक्त साइबेरियन चरालाई इलाका प्रहरी कार्यालय, गौशाला र महोत्तरीवासीले पाहुनाका रुपमा लिएको र वर्षौंदेखि यसको संरक्षण, हेरचाहमा समेत ध्यान दिएको स्थानीयको भनाइ छ।

जानकारी तथा लेखहरु