फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको बैकिङ व्यवसायको वैदेशिक खुलापन कदम वास्तविक कार्यान्वयन अवधिमा प्रवेश

(GMT+08:00) 2018-05-03 16:41:17

गत महिना आयोजित पोआउ एशिया मञ्चमा चीनले बैकिङ व्यवसायको वैदेशिक खुलापनलाई बढाउने घोषणा गर्नुका साथै श्रृंखलाबद्ध महत्वपूर्ण कदम सार्वजनिक गरी ती कदमलाई यस वर्षभित्र व्यवहारमा उतार्ने समयावली पनि प्रस्तुत गरेको थियो। हाल ती कदमहरू वास्तविक कार्यान्वयन अवधिमा प्रवेश भइसकेको र युनाइटेड बैंक अफ स्विजर्ल्याण्ड लगायतका केही विदेशी पूँजीद्बारा सञ्चालित कम्पनीहरूको सकारात्मक समर्थन पनि पाएको छ।

युनाइटेड बैंक अफ स्विजर्ल्याण्डका प्रवक्ताका अनुसार, चीन युनाइटेड बैंक अफ स्विजर्ल्याण्डको महत्वपूर्ण बजार भएकाले चीनको बैकिङ व्यवसायको वैदेशिक खुलापन नीतिले युनाइटेड बैंक अफ स्विजर्ल्याण्डलाई चीनमै आफ्नो कारोबार चलाउनका लागि एउटा ठूलो अवसर हुनेछ।

चिनियाँ जन विश्वविद्यालय अन्तर्गत वित्त र बैकिङ प्रतिष्ठानका उपप्रमुख चाउ सी च्युनले नयाँ अवधिमा प्रवेश भएको वैदेशिक खुलापनबाट पूर्ण र उच्चस्तरीय खुलापनलाई साकार तुल्याउन सकिने औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु