फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतको राजस्थानमा बीस भन्दा बढीको मृत्यु

(GMT+08:00) 2018-05-03 16:47:42

भारतको पश्चिमी भागमा पर्ने राजस्थान प्रदेशका धेरै ठाउँहरुमा हिजो मेइ २ तारिख राति आँधीबेहरी चलेबाट बीस जना भन्दा बढीको मृत्यु हुनुका साथै साट्ठी जना भन्दा बढी घाइते भएका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार,राजस्थान प्रदेशका अलवार तथा दोलपुर लगायतका धेरै ठाउँमा आँधीबेहरी आएको थियो। उक्त आँधीबेहरीबाट सडक छेउका धेरै रुखहरु पनि ढलेका छन्। घाइतेहरुलाई स्थानीय अस्पतालमा पुर्‍याइएको छ। हाल जनधन क्षतिको तथ्याङ्क सङ्कलन भइरहेको छ।

हाल भारतका धेरै ठाउँमा आँधीबेहरीका घटना घटेका छन्। भारतको दक्षिणी भागमा रहेको आन्ध्र प्रदेशमा मेइ एक तारिख आँधीबेहरी गएबाट एघार जनाले ज्यान गुमाएको थियो। भारतको पूर्वी भागमा रहेको विहार प्रदेशमा गत अप्रिल उनन्तीस तारिख चट्याङमा परी एघार जनाको मृत्यु भएको थियो।

जानकारी तथा लेखहरु