फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विभिन्न मुलुकलाई सँगसँगै बेल्ट एण्ड रोड तीव्र गाडी चढेर साझा समृद्धिलाई साकार तुल्याउन चीनद्वारा स्वागत

(GMT+08:00) 2018-05-03 16:56:23

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले तीन तारिख पैचिङमा बेल्ट एण्ड रोड प्रस्ताव प्रस्तुत गरिएको पाँच वर्षयता त्यसबाट धेरै भन्दा धेरै मुलुक र क्षेत्र लाभान्वित भएको बताउनुभयो। विभिन्न मुलुकहरूलाई सँगसँगै बेल्ट एण्ड रोडको तीव्र गाडीमा चढेर साझा विकास र समृद्धि उन्मुख भविष्यतिर लम्कंदै जान चीनले स्वागत गरेको पनि उहाँले औँल्याउनुभएको छ।

हालै न्युजिल्याण्डको न्युजिल्याण्ड-चीन सम्बन्ध प्रबर्द्धन समितिले बेल्ट एण्ड रोड प्रस्ताव सम्बन्धी एउटा अनुसन्धान प्रतिवेदन जारी गर्दै यस प्रस्तावलाई शताब्दीको परियोजना मानिएको जनाएको छ।

बेल्ट एण्ड रोडको प्रस्ताव चीनले राखे तापनि त्यसबाट प्राप्त हुने अवसर र प्रतिफल सारा विश्वका लागि उपभोग हुनसक्ने कुरामा पनि प्रवक्ता ह्वाले जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु