फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिका ईरान आणविक सन्धिबाट हटे आणविक अप्रसार संयन्त्रका लागि गलत प्रभाव पर्ने रुसी विदेश मन्त्री

(GMT+08:00) 2018-05-04 14:56:53

रुसी विदेश मन्त्री सर्गेइ लाभरोभले यदी अमेरिका ईरान आणविक सन्धिबाट हट्ने हो भने यसले विश्व आणविक अप्रसार संयन्त्रको संरक्षणमा गलत प्रभाव पार्ने बताउनुभएको छ।

रुसी विदेश मन्त्रालयको वेभसाइटका अनुसार, मन्त्री लाभरोभले मै ३ तारिख रुसको सोचीमा जोर्डनका विदेश मन्त्री आइमान सफादीसंग भेटवार्ता गर्नुभएको छ। मन्त्री लाभरोभले वार्तापछि पत्रकार सम्मलेनमा अमेरिका ईरान आणविक सन्धिबाट पछि हट्ने हो भने यस आणविक अप्रसार संयन्त्रको संरक्षण गर्ने महत्वपूर्ण सन्धिबाट अन्तर्राष्ट्रिय समाज नै हराउनसक्ने शङ्का व्यक्त गर्नुभएको छ।

ईरान आणविक सन्धि संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले पारित गरी एउटा निर्णय पनि निर्माण गरेको थियो। त्यसैले सम्बन्धित पक्षले यस सन्धिको पालना गर्नुपर्ने मन्त्री लाभरोभले बताउनुभएको छ।

जानकारी तथा लेखहरु