फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतको वायु प्रदूषणमाथि गम्भीर ध्यानाकर्षण

(GMT+08:00) 2018-05-04 14:58:00

विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार, विश्वमा वायु प्रदूषणबाट प्रभावित सबैभन्दा गम्भीर पन्ध्र वटा शहरहरूमध्ये धेरै शहरहरु भारतका छन्। यस तथ्याङ्कका कारण विशेषज्ञहरूको ध्यानाकर्षण भएको छ र भारतमा विशेष निगरानीका साथै सशक्त रुपमा वायु प्रदूषण नियन्त्रण गर्न आह्वान गरेका छन्।

भारतीय सञ्चारमाध्यमले ठोस रुपमा प्रतिवेदनको विषयबारे जानकारी दिएको छ। वातावरण विशेषज्ञको विचारमा भारतमा वायु प्रदूषण गम्भीर हुनुको कारणमा ट्राफिकजाम, धेरै डिजेल गाडी, निर्माणको क्रममा उत्पन्न फोहोर, बिजुली अभाव भएबाट डिजेलबाट विद्युत उत्पादनका कारण आदि रहेका छन्। विशेषज्ञले सरकारले सशक्त रुपमा वायु प्रदूषण समस्याको समाधान गर्न आह्वान गरेका छन्।

साथै भारतीय वातावरण मन्त्रालयले वायु प्रदूषणलाई नियन्त्रण गर्न कदम चालेको छ। हिजो तीन तारिख वातावरण मन्त्रालयले एउटा विवरण प्रकाशित गर्दै सन् 2017यता भारतीय शहरको कूल वायु गुणस्तर सुधार भएको जनाएको छ।

जानकारी तथा लेखहरु