फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाण्डुको हवाई जामको असर लुक्लामा

(GMT+08:00) 2018-05-04 15:23:58
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डुको ट्राफिक जामको असर सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा देखिएको छ। जामका कारण हवाई उडान घट्दा पर्यटक आवतजावतमा समस्या भएको छ।

दैनिक ४० भन्दा बढी हवाईजहाजहरूले मात्र उडान भर्ने लुक्लामा पछिल्लो समय काठमाण्डुको विमानस्थलमा हुने गरेको जामकै कारण दैनिक ३० भन्दा कम उडान हुने गरेको तेन्जिङ हिलारी विमास्थल नागरिक उड्डयन कार्यालय लुक्लाले जनाएको गोरखापत्रअनलाईनले लेखेको छ।

देशकै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डुमा हुने आन्तरिक तथा बाह्य उडानका कारण दिनमा दुई घण्टाभन्दा बढी आन्तरिक उडान ट्राफिक जाममा पर्ने गरेका छन्। दैनिक दुईदेखि तीन घण्टा उडान नहुँदा दैनिक एक दर्जन बढी हवाई उडान प्रभावित हुने गरेको छ।

विगतका पर्यटकीय सिजनमा दैनिक १६ वटासम्म उडान हुने गरे पनि पछिल्लो हप्ता दैनिक आठवटा मात्रै उडान भएका छन्। ५० प्रतिशतले उडानमा कमी आउँदा खुम्बु क्षेत्र प्रवेश गर्ने र फर्कने पर्यटकलाई प्रत्यक्ष असर पुगेको छ।

एयरपोर्टको ट्राफिक जामकै कारण पर्यटकीय सिजनमा समग्र खुम्बु क्षेत्रकै पर्यटन व्यवसाय प्रभावित भएको छ।

जानकारी तथा लेखहरु