फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काल मार्क्सको २०० औँ जन्मजयन्ती समारोह पैचिङमा आयोजित

(GMT+08:00) 2018-05-04 15:58:17

काल मार्क्सको २०० औँ जन्मजयन्ती समारोह मे चार तारिख बिहान पैचिङ जन बृहत्त सभा भवनमा भव्यताका साथ आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले समारोहलाई महत्वपूर्ण सम्बोधन गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले मार्क्सको सम्झना गर्नुको मुख्य उद्देश्य भनेको मानव जातिको इतिहासका सबैभन्दा महान विचारकको सम्मान गर्नु र साथै मार्क्सवादको वैज्ञानिक विचारधारालाई दृढताका साथ कायम राख्ने अठोट अभिव्यक्त गर्नु रहेको बताउनुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, मार्क्सवादबाट गहन रुपमा विश्व मात्र परिवर्तन नभई चीन पनि परिवर्तन भएको छ। वास्तविक अनुभवबाट मार्क्सवादको भाग्य धेरै अगाडिदेखि नै चिनियाँ कम्युनिष्ट पार्टीको भाग्य, चिनियाँ जनताको भाग्य र चीन राष्ट्रको भाग्यसँग घनिष्ट रुपमा जोडिंदै आएको प्रमाणित भएको देखिन्छ।

वैज्ञानिक दृष्टिकोणको व्यवहार गर्दा वैज्ञानिक धारणा लिनुपर्छ भन्ने कुरामा राष्ट्राध्यक्ष सी चिन फिङले जोड दिनुभएको छ। मार्क्सवादको निरन्तर रुपमा विकास गर्दै जानु नै चिनियाँ कम्युनिष्ट पार्टीको पवित्र कार्यभार रहेको पनि राष्ट्राध्यक्ष सीले औँल्याउनुभएको छ।

उक्त समारोहमा ली ख छ्याङ, ली चान शु, वाङ याङ, वाङ हु निङ, चाउ ल ची, हान चङ र वाङ छी शानको पनि उपस्थिती थियो।

जानकारी तथा लेखहरु