फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अमेरिका आर्थिक तथा व्यापारिक छलफलमा केही विषयमा मतैक्य प्राप्त

(GMT+08:00) 2018-05-04 16:41:42

मे तीनदेखि चार तारिखसम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य एवम् उप प्रधानमन्त्री लिउ हले अमेरिकी राष्ट्रपतिका विशेष दुत एवम् वित्त मन्त्री स्टिभन मुकनको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिसँग साझा चासोका चीन-अमेरिका आर्थिक र व्यापारिक समस्याबारे सदिच्छापूर्ण, उच्च कार्य-कुशलतायुक्त र रचनात्मक विचार-विमर्श गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

छलफलमा दुवै पक्षले स्वस्थ र स्थिर चीन-अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धको विकास गर्नु दुई देशका लागि ज्यादै महत्वपूर्ण हुने ठहर गर्नुका साथै सम्झौता-वार्ता र छलफलमार्फत सम्बद्ध आर्थिक र व्यापारिक समस्याको समाधान गर्न प्रयास गर्दै जाने पनि व्यक्त गरेका छन्।

दुवै पक्षले केही क्षेत्रमा मतैक्य प्राप्त गरे तापनि अन्य विषयमा ठूलो मतभेद रहेको छ। आगामी दिनहरूमा सम्बद्ध समस्याबारे घनिष्ट सम्पर्क राख्नुका साथै सम्बन्धित कार्य-व्यवस्थाको स्थापना गर्न पनि सहमति जनाएका छन्।

जानकारी तथा लेखहरु