फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आलु पकेट क्षेत्र लागू

(GMT+08:00) 2018-05-05 14:38:14

सोलुखुम्बुको केरुङ, गोराखानी र टाप्टिङ क्षेत्रलाई आलु पकेट क्षेत्रका रूपमा लागू गरिएको छ। यस क्षेत्रमा विगतदेखि नै राम्रो आलु उत्पादन भइरहेको र अझ व्यावसायिक तरिकाले उत्पादन गर्दा धेरै सम्भावना भएको ठाउँ भएकाले आलु ब्लक कार्यक्रम लागू गरिएको जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुले जनाएको गोरखापत्रनलाईनले लेखेको छ।

आलुमा आत्मनिर्भर रहेको सोलुखुम्बुमा हाल १२४ हेक्टर जमिनमा हिउँदे आलु खेती भइरहेको कृषि कार्यालयको तथ्याङ्कले देखाएको छ। जसबाट ११.८ मेट्रिकटन प्रतिहेक्टर आलू उत्पादन हुने गरेको बताइएको छ। गत वर्षको तुलनामा आलु खेती लगाउने क्षेत्रफल घटे पनि उत्पादनको हिसाबले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुले जनाएको छ। यसैगरी वर्षे आलु पनि जिल्लामा दस हजार १४ हेक्टर जमिनमा लगाइँदै आइएको छ। जसबाट प्रतिहेक्टर वार्षिक १५.९ मेट्रिकटन उत्पादन हुँदै आएको छ।

कृषि विकास कार्यालयले कृषकहरूलाई जागरुक गराउने उद्देश्यले केरुङ, गोराखानी र टाप्टिङ क्षेत्रमा समिति गठन गरि आलु निर्यातको निम्ति ५० प्रतिशत अनुदानमा एउटा ट्याक्टर खरिद गरिएको जनाएको छ। उत्पादनपछि ढुवानीमा सहज होस् भनेर यातायातको साधन उपलब्ध गराएको कार्यालयले जनाएको छ।

जानकारी तथा लेखहरु