फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सातौं नेपाल हर्ब्स आयुर्वेदा एक्स्पो सुरु

(GMT+08:00) 2018-05-05 14:40:18

'सातौं नेपाल हर्ब्स आयुर्वेदा एक्स्पो'काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार सुरु भएको छ। एक्स्पोको उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वन, जंगल र जडीबुटीको अधिकतम उपभोग गर्दै यसको उत्पादन, प्रशोधन र वितरणमा लाग्नुपर्ने बताए।

निकासीजन्य जडीबुटीमा कच्चा जडीबुटी भारत र चीन निकासी भइरहेको र सुगन्धित तेलहरू युरोप निर्यात भइरहे तापनि जडीबुटी निर्यात १० वर्षमा १० प्रतिशतले मात्र वृद्धि भएको छ।

बताए अनुसार, आव २०७३/७४ मा औषधिजन्य जडीबुटी ९९ सय करोड र सुगन्धित तेल ४० करोड रुपैयाँको निर्यात भएको थियो। उक्त एक्स्पो आईतबारसम्म चल्ने छ।

जानकारी तथा लेखहरु