फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गएको साताको दक्षिण एशियाका महत्वपूर्ण समाचारहरु

(GMT+08:00) 2018-05-05 14:47:08
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल 27 र 28 तारिख ऊहान शहरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक भेट-वार्ता गर्नुभयो। भेटमा चीन र भारतको सम्बन्ध स्थिर रुपमा विकास हुने आधार आपसी विश्वास हो भन्ने कुरा राष्ट्राध्यक्ष सीले औंल्याउनुभयो। रणनीतिबाट चीन र भारतको सम्बन्धबाट आपसी बुझाइ र विकासलाई क्रमशः बढाउनुका साथै विभिन्न तह र जनताचबीचको बुझाइलाई गहन पारेर मैत्रिपूर्ण भावना तयार गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो। भविष्यमा दुई मुलुकले चौतर्फी सहयोगको योजना ल्याउनु पर्ने पनि राष्ट्राध्यक्ष सीले अगाडि सार्नुभयो।

तीन केन्द्रीय विषयबाट दुई पक्षीय सम्बन्धलाई व्यवहारमा उर्तानुपर्ने पनि सीले औंल्याउनुभयो। उहाँले अगाडि सार्नु भएका तीन बुँदामा चीन र भारत राम्रा छिमेकी र साथी भएकाले एकआपसबाट विश्वको परिवर्तनमा सक्रिय भूमिका र सपना साकार पार्न सहयोगात्मक साझेदारी विचार लिनुपर्ने पहिलो बुँदामा उल्लेख छ।

त्यसैगरी चीन र भारत दुवैको विकास प्रवृत्तिबीच मेल भएको र एकआपसका लागि महत्वपूर्ण अवसर भएको उहाँले दोस्रो बुँदामा व्यक्त गर्नुभयो।

चीन र भारत दुवैले स्वतन्त्र कुटनीति लागू गरेको उल्लेख गर्दै सकारात्मक, खुला र सहिष्णु दृष्टिकोणबाट आपसी योजनाको उचित विश्लेषण र विचार गर्नुपर्ने सीको तेस्रो बुँदामा उल्लेख छ।

प्रत्युत्तरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई दिनमै राष्ट्राध्यक्ष सीसँग सदिच्छापूर्ण र गहिरो रुपमा वैचारिक आदान-प्रदान गर्नुका साथै व्यापक चिनियाँ संस्कृतिको अनुभव गरेर दुई देशको सम्बन्धमा राष्ट्राध्यक्ष सीद्वारा दिइएको उच्च महत्वको अझ बढी अनुभव गरेको बताउनुभयो। भारत र चीन दुवै प्राचीन सभ्य मुलुक हुनुका साथै आपसी महत्वपूर्ण छिमेकी हुन् भन्दै दुई देशले वार्ता, आदान-प्रदान र सहयोगलाई सबल पारेर शान्तिपूर्ण सहअस्तित्व तथा युगौंयुगको मित्रता कायम राख्नुपर्ने उहाँले बताउनुभयो।

नेपालको लुम्बिनीमा २५६२ औँ बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन अप्रिल अठाइस तारिख लुम्बिनीमा मनाइयो। सो समारोहमा नेपाल र विश्वभरका एकहजारभन्दा बढी व्यक्तिहरु उपस्थित हुनुभयो। यस पटकको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको मुख्य विषय "नेपालको लुम्बिनी:बुद्धको जन्मथलो,बुद्ध र विश्व शान्तिको उत्पति"रहेको छ।

जानकारी तथा लेखहरु