फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ट्रम्पद्वारा किम जोङ उनसँग भेट्ने मिति तथा स्थान छिटै घोषणा गर्ने

(GMT+08:00) 2018-05-05 14:47:52

अमेरिकी राष्ट्रपति दोनाल्द ट्रम्पले हिजो मेइ चार तारिख उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने मिति तथा स्थान छिटै घोषणा गर्ने व्यक्त गर्नुभएको छ।

सञ्चार माध्यमलाई दिनुभएको अन्तर्वार्तामा ट्रम्पले सम्बन्धित मार्ग तथा विवरण तर्जुमा भइरहेको भन्दै उनसँग भेट्ने मिति तथा स्थानबारे योजना बनाइसकेको पनि बताउनुभयो। गत अप्रिल ३० तारिख ट्रम्पले सिंगापुर लगायत धेरै मुलुकहरुलाई दुई जनाको भेटस्थल बनाउन सोच-विचार गरिरहेको जानकारी दिनुभएको थियो।

अमेरिकी व्हाइट हाउसले मेइ चार तारिख एउटा वक्तव्य जारी गर्दै छिटै हुनलागेको अमेरिका तथा उत्तर कोरियाका नेता बीचको भेटबारे अमेरिकी राष्ट्रपति ट्रम्पसँग छलफल गर्न दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इनले आगामी मेइ बाइस तारिख अमेरिकाको भ्रमण गर्नुहुने कार्यक्रम रहेको जनाएको छ।

जानकारी तथा लेखहरु