फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङमा आयोजित काल मार्क्सको २०० औँ जन्मजयन्ती समारोहमा सी चिन फिङको सम्बोधनबाट विदेशमा सक्रिय प्रतिक्रिया

(GMT+08:00) 2018-05-05 14:48:37

काल मार्क्सको २०० औँ जन्मजयन्ती समारोह मे चार तारिख बिहान पैचिङ जन बृहत्त सभा भवनमा भव्यताका साथ आयोजना गरिएको थियो। जहाँ चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले समारोहलाई महत्वपूर्ण सम्बोधन पनि गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ। आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले मानव जातिको विचारको इतिहासमा मार्क्सवाद जस्तै मानव जातिमा व्यापक तथा गहन प्रभाव पार्ने अरू कुनै पनि सिद्धान्त नरहेको औंल्याउनुभयो। यसबारे विदेशका विशेषज्ञ, विद्वानहरु तथा सञ्चार माध्यमहरुले सी चिन फिङको नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी विचार भनेको मार्क्सवादलाई चिनियाँ विशेषता जोडेको पछिल्लो उपलब्धि भएको र चीनको व्यवहारले मार्क्सवादलाई अरु थप विकसित पार्ने विश्वास गरिएको जनाएका छन्।

अमेरिकाको एपिका अनुसार,सी चिन फिङको सम्बोधन चीनले मार्क्सको जन्मजयन्तीको सम्झना गर्ने अनेकन् कार्यक्रमहरुमध्येको एउटा महत्वपूर्ण भाग हो। सी चिन फिङको सम्बोधनमा काल मार्क्सलाई "आधुनिक कालका सबैभन्दा महान विचारक" भनिएको छ।

बेलायतको रोएटरस् तथा फ्रान्सको एएफपिका अनुसार,काल मार्क्सको २०० औँ जन्मजयन्तीको उपलक्ष्यमा सी चिन फिङको सम्बोधनले चिनियाँ कम्युनिष्ट पार्टीले मार्क्सवादलाई निरन्तरता दिने र त्यसको विकास गर्ने स्पष्ट पारेको छ। सी चिन फिङले भन्नुभएको झैं,चिनियाँ कम्युनिष्ट पार्टीले मार्क्सवादलाई झण्डामा राखेको कुरा पूर्ण रुपमा सही रहेको छ।

जानकारी तथा लेखहरु