फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"सत्यताको शक्ति---मार्क्सको २०० औँ जन्मजयन्ती विषयक प्रदर्शनी" पैचिङमा शुरु

(GMT+08:00) 2018-05-05 15:52:39

"सत्यताको शक्ति---मार्क्सको २०० औँ जन्मजयन्ती विषयक प्रदर्शनी"को उद्धाटन समारोह मे पाँच तारिख बिहान राष्ट्रिय सङ्ग्रहालयमा आयोजना गरियो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य एवम् केन्द्रीय प्रचार-प्रसार मन्त्री ह्वाङ खुन मिङ सो उद्धाटन समारोहमा उपस्थित हुनुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

उक्त प्रदर्शनी केन्द्रीय प्रचार-प्रसार मन्त्रालय, केन्द्रीय पार्टीको इतिहास र प्रलेख अनुसन्धान प्रतिष्ठान, चिनियाँ साहित्य र कला संघ, केन्द्रीय सम्पादन र अनुवाद ब्युरो, चिनियाँ चित्रकार संघ र राष्ट्रिय सङ्ग्रहालयको संयोजकत्वमा आयोजना गरिएको हो।

प्रदर्शनीलाई महान क्रान्तिकारी निर्देशक मार्क्सको सुमधुर जीवन, मार्क्सवादलाई चिनियाँ विशेषतायुक्त ढाँचामा परिवर्तन गरिएको उज्ज्वल प्रक्रिया र नयाँ सिर्जित मार्क्सवाद सम्बन्धी चित्रकला गरी तीनवटा भागमा विभाजित गरिएको छ।

जानकारी तथा लेखहरु