फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतका लागि चिनियाँ राजदुतद्वारा चीन-भारत नेतागणको ऊ हान अनौपचारिक भेटघाटको व्याख्या

(GMT+08:00) 2018-05-05 15:54:01

भारतका लागि चिनियाँ राजदुतावास र भारतीय चिनियाँ समस्या अनुसन्धान संस्था दुवैले मे चार तारिख नयाँ दिल्लीमा "ऊ हान भेटघाट: चीन-भारत सम्बन्ध र भविष्यको विकास" शीर्षकको सञ्चार-माध्यम थिङ्कट्याङ्क गोष्ठीको आयोजना गरेका छन्। भारतका लागि चिनियाँ राजदुत लो चाउ ह्वैले सो गोष्ठीलाई सम्बोधन गर्नुभएको छ। भारतीय चिनियाँ समस्या अनुसन्धान संस्थाका प्रमुख, चीनका लागि पुर्व भारतीय राजदुत अशोक के. कान्था, भारतीय कम्युनिष्ट पार्टीका सचिव तथा संघीय सभाका साँसद दुराइसामी राजा तथा अन्य पार्टीका जिम्मेवार व्यक्ति, भारतीय सञ्चार-माध्यम र थिङ्कट्याङ्कका प्रतिनिधिहरू गरी जम्मा साठी जनाभन्दा बढी सो गोष्ठीमा सहभागी भएका छन्।

राजदुत लोले आफ्नो सम्बोधनमा यस भेटघाटको पृष्ठभूमि, प्रतिफल र सम्बद्ध गतिबिधिबारे विस्तृत रुपमा जानकारी दिनुभएको छ। उहाँका अनुसार, राष्ट्राध्यक्ष सी चिन फिङ तथा प्रधानमन्त्री मोदी बीच गत अप्रिल सत्ताईसदेखि अठाईस तारिखसम्म चीनको ऊ हान शहरमा अनौपचारिक भेटघाट भएको थियो। दुवै देशका नेतागणले वर्तमान विश्वको परिस्थितिबारे विचार-विमर्श गरी ठूलो उपलब्धि प्राप्त गर्नुभयो। त्यस भेटघाटको ज्यादै महत्वपूर्ण अर्थ रहेकाले त्यसलाई द्विपक्षीय सम्बन्धमा कोसेढुङ्गा पनि मानिएको छ।

जानकारी तथा लेखहरु