फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

याङ चे छ तथा अमेरिकी विदेश मन्त्री बीच टेलिफोन-वार्ता

(GMT+08:00) 2018-05-06 14:43:56

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य एवम् केन्द्रीय वैदेशिक मामिला परिषद् कार्यालयका प्रमुख याङ चे छले पाँच तारिख राति निर्धारित समय अनुसार अमेरिकी विदेश मन्त्री माइक पम्पियोसँग टेलिफोन वार्ता गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

टेलिफोन वार्तामा प्रमुख याङले हाल चीन-अमेरिका सम्बन्ध एउटा महत्वपूर्ण चरणमा रहिरहेको बताउनुभएको छ। दुवै पक्षले राष्ट्राध्यक्ष सी चिन फिङ र राष्ट्रपति ट्रम्प बीच सम्पन्न महत्वपूर्ण मतैक्यलाई निष्ठापूर्वक व्यवहारमा उतार्नुका साथै उच्च तह र विभिन्न तहका आदान-प्रदानलाई सबल पार्दै, निरन्तर रुपमा आर्थिक र व्यापारिक समस्याबारे घनिष्ट सम्पर्क राख्दै जानुपर्ने र दुवै देशको सम्बन्धलाई सही दिशा बमोजिम विकसित पार्दै जानुपर्ने पनि प्रमुख याङले औँल्याउनुभएको छ।

त्यसैगरी विदेश मन्त्री पम्पियोले चीनसँगको सम्बन्धमा अमेरिकाले उच्च महत्व दिएको बताउँदै चीनसित द्विपक्षीय सम्बन्धलाई अघि बढाउन घनिष्ट सम्पर्क र समन्वयलाई कायम राख्दै जान अमेरिका इच्छुक रहेको ‌औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु