फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको औपचारिक घोषणा

(GMT+08:00) 2018-05-06 14:44:50

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमण क्रममा काठमाडौं र जनकपुरमा नागरिक अभिनन्दन हुने भएको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार मोदीको नागरिक अभिनन्दन राजधानीमा काठमाडौं महानगरपालिकाले र धनुषामा जनकपुर उपमहानगरपालिकाले गर्ने भएका छन्।

मोदीले नेपाल भ्रमण क्रममा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीसँग द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल गर्ने बताइएको छ। भ्रमणमा दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। भारतीय विदेश मन्त्रालयले पनि प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको औपचारिक जानकारी शुक्रबार नै विज्ञप्तिमार्फत दिएको छ।

भ्रमण क्रममा मोदी जनकपुर र काठमाडौंसहित मुक्तिनाथ पनि जाने छन्।

यसैबीच नेपालका लागि चीनका राजदूत यू होङले गत माघ १८ गते जनकपुरधाममा बाढीपहिरो पीडितलाई राहत वितरण गरेकी थिइन्। राजदूत होङ जनकपुरधाम भ्रमण गर्ने पहिलो चिनियाँ राजदूत भएको अन्नपूर्णपोस्टले लेखेको छ।

जानकारी तथा लेखहरु