फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

१ डलरलाई १०६ रुपैयाँ

(GMT+08:00) 2018-05-06 14:45:36

अमेरिकी डलर पुनः अधिमूल्यन भई नेपाली बजारमा १०६ रुपैयाँ नाघेको छ। शनिबार स्वदेशी बजारमा एक अमेरिकी डलर १०७.२८ रुपैयाँमा बिक्री भएको छ। राष्ट्र बैंकले शनिबारका लागि डलरको खरिद दर १०६.६८ रुपैयाँ र बिक्री दर १०७.२८ रुपैयाँ तोकेको थियो। यो १३ महिनायताकै महँगो हो।

२०७३ को चैतमा एक अमेरिकी डलर किन्न १०३.४६ रुपैयाँ खर्चनु पर्थ्यो भने यस बीचमा त्यसैको हाराहारीमा रहेको डलरको भाउ पछिल्लो समय बढ्दै गएको नागरिकन्यूजले लेखेको छ।

यसअघि एक अमेरिकी डलर किन्न १०९ रुपैयाँसम्म तिर्नुपर्ने अवस्था आएको थियो। तर, विस्तारै घटेर एक सय दुई रुपैयाँसम्ममा आएको थियो। अन्तर्राष्ट्रिय बजारमा डलरप्रति आकर्षण बढेकाले यसको भाउ पुनः उकालो लागेको र साथै भारतीय बजारमा अमेरिकी डलरको माग बढेकाले महँगिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

विज्ञका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ र सुनमा आएको अस्थिरताका कारण लगानीकर्ताले अन्य क्षेत्रमा लगानी गर्दा डलर महँगिएको हो।

डलर महँगिदा नेपाली उपभोक्ताले आयातित वस्तु तथा सेवामा मूल्य वृद्धिको सामना गर्नु परे पनि निकासीकर्तालाई भने फाइदा हुनेछ। त्यसैगरी, पर्यटकसँग विदेशी मुद्रामा सेवाको मूल्य लिने पर्यटन व्यवसायी पनि यसबाट लाभान्वित हुनेछन्। त्यसैगरी, विदेशबाट आउने रेमिट्यान्स डलरमै आउने हुँदा उक्त रकम प्राप्त गर्ने परिवारले साबिकको तुलनामा बढी पैसा पाउने छन्।

जानकारी तथा लेखहरु