फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वमा मार्क्सवाद सम्मेलन पैचिङ विश्वविद्यालयमा आयोजित

(GMT+08:00) 2018-05-06 15:02:46

पैचिङ विश्वविद्यालयले आयोजना गरेको विश्वमा मार्क्सवाद सम्बन्धी दोस्रो सम्मेलन हिजो मेइ पाँच तारिख पैचिङमा शुरू भयो। विश्वका तीस भन्दा बढी मुलुकका मार्क्स विचार क्षेत्रका एक सय बीस जना भन्दा बढी गण्यमाण्य विशेषज्ञ तथा विद्वानहरुले भेला भएर एकाइसौं शताब्दीको विश्वमा मार्क्सवाद तथा चीनमा मार्क्सवादको विकासबारे छलफल गरेका छन्।

यस पटकको सम्मेलनको मुख्य विषय "मार्क्सवाद तथा मानव लक्षित समूदाय"रहेको छ। दुई दिनसम्म चल्ने यस सम्मेलनमा धेरै विद्वानहरुले "काल मार्क्सको २००औं जन्मजयन्तीको सम्झना","मार्क्सवाद तथा मानव जातिका सभ्यता तथा प्रगति","मार्क्सवाद र वर्तमान विश्व बीचका सहयोग तथा सञ्चालन" लगायतका दश वटा विषयमा शाखा मञ्च सञ्चालन गर्दै गहन रुपमा विचार-विमर्श गरेका छन्।

यसका साथै विज्ञहरुले "मानव लक्षित समूदायको निर्माण" तथा "चिनियाँ प्रस्ताव र विकासोन्मुख मुलुकहरुको आधुनिकिकरणको बाटो" लगायत चार वटा उच्चस्तरीय मञ्चमा पनि वार्ता गरेका छन्।

जानकारी तथा लेखहरु