फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन,जापान तथा दक्षिण कोरियाका अर्थमन्त्री तथा केन्द्रिय बैंकका गभर्नरस्तरीय अठारौं सम्मेलनद्वारा व्यापारिक सँरक्षणवादको विरोध गर्न आह्वान

(GMT+08:00) 2018-05-06 15:03:06

चीन,जापान तथा दक्षिण कोरियाका अर्थमन्त्री तथा केन्द्रिय बैंकका गभर्नरस्तरीय अठारौं सम्मेलन मेइ चार तारिख फिलिपिन्सको राजधानी मनिलामा आयोजित भयो। विभिन्न पक्षले चीन,जापान तथा दक्षिण कोरियाको समग्र आर्थिक परिस्थिति,क्षेत्रीय आर्थिक तथा बैंकिंग सहयोग लगायतका विषयहरुबारे वैचारिक आदान-प्रदान गर्नुका साथै सँयुक्त रुपमा व्यापारिक सँरक्षणवादको विरोध गर्न तथा बहुपक्षीय व्यापारिक प्रणालीको खुलापनलाई सुनिश्चित पार्न आह्वान गरेका छन्।

सम्मेलनपछि प्रकाशित सँयुक्त वक्तव्यमा विश्व आर्थिक पुनःउत्थानका लागि हुनसक्ने खतराप्रति सतर्क रहन पनि आह्वान गरेका छन्। सो वक्तव्यका अनुसार,झनै चर्किँदै आएको व्यापारिक सँरक्षणवादबाट ल्याइएको खतरालाई विभिन्न पक्षले ध्यान दिएका छन्।

सो वक्तव्यमा दक्षिण तथा उत्तर कोरियाले हालै पारित गरेको "पानमुनचाम घोषणा-पत्र" प्रति स्वागत व्यक्त गर्नुका साथै त्यस क्षेत्रको भौगर्भित राजनीतिको सँकटकालीन अवस्थालाई अरु खुकुलो पार्नसकिने अपेक्षा गरेको उल्लेख छ।

जानकारी तथा लेखहरु