फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले प्रदान गरेको मार्क्सको सालिक जर्मनीको ट्रिएरमा अनावरण

(GMT+08:00) 2018-05-06 15:17:27

चालू वर्षको मेइ पाँच तारिख काल मार्क्सको २०० ‌औं जन्मजयन्ती हो। यस उपलक्ष्यमा मार्क्सको जन्मथलोको रुपमा जर्मनीको दक्षिण-पश्चिमी भागमा पर्ने ट्रिएर शहरले अनेकन् भव्य कार्यक्रमको आयोजना गरेको छ। चीनले प्रदान गरेको मार्क्सको सालिक पनि मेइ पाँच तारिख ट्रिएरमा औपचारिक रुपमा अनावरण गरिएको छ।

ट्रिएरको केन्द्रमा रहेको सिमेन्सटिफट पलाचमा मेइ पाँच तारिख भिड थियो। करिब दुई सय जर्मन तथा चिनियाँ अतिथि र धेरै सर्वसाधारण सामू रातो कपडामा बेरिएको एउटा ठूलो मार्क्सको सालिक अनावरण गरियो। चीन सरकारको प्रतिनिधि,चीनको राज्य परिषद् अन्तर्गत प्रेस कार्यालयका उप-प्रमुख को वै मिनले ट्रिएर एउटा सुन्दर ऐतिहासिक शहर भएको र त्यसले काल मार्क्स जस्तो महान व्यक्ति जन्माएको बताउनु भयो। मार्क्सको सालिक अनावरण कार्यक्रमलाई एउटा अवसरको रूपमा लिएर चीन-जर्मनी मित्रतालाई नयाँ उचाइमा पुर्‍याउनसक्ने आशा उहाँले गर्नुभयो।

ट्रिएर शहरको रहेइल्याण्ड फफाल्ज स्टेटका गभर्नर मालु दरेएरले चालू वर्ष चीन-युरोपेली सँघ पर्यटन वर्ष भएको भन्दै यस उपलक्ष्यमा दुवै पक्षले सँयुक्त रुपमा अनेकन् कार्यक्रमहरुको आयोजना गरी आपसी जानकारी लिने पूलको निर्माण गर्नसक्ने व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु