फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाका लागि चिनियाँ राजदुतावासद्वारा पहिलो पल्ट खुला दिवसको आयोजना

(GMT+08:00) 2018-05-06 15:54:38

अमेरिकाका लागि चिनियाँ राजदुतावासले मे पाँच तारिख पहिलो पल्ट सर्वसाधारणका लागि खुला दिवस गतिविधिको आयोजना गरेको छ। जसबाट वाशिङटनका बासिन्दाहरूले अमेरिकी राजधानीबाट टाढा नगइ नजिक रुपमा चीनको अवलोकन गर्न पाएका छन्।

उक्त खुला दिवस गतिविधिमा चिनियाँ लिपी, परम्परागत चित्र, चिया कला, ऊ शु, चिनियाँ परम्परागत वाद्य-वादन र परम्परागत मनोरञ्जनात्मक नाटक आदि कार्यक्रम हेरेर दर्शकहरूले निकै प्रशंसा गरेका छन्। ममचा लगायतका चिनियाँ खाद्य-परिकारले पनि दर्शकहरूलाई ज्यादै आकर्षित गरेको छ।

अमेरिकाका लागि चिनियाँ राजदुत छ्वै थेन खाइले त्यस गतिविधिलाई सम्बोधन गर्दै सो गतिविधिमार्फत दर्शकहरूले चीन र चिनियाँ जनताबारे अझ बढी जानकारी लिनसक्ने आशा पनि व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु