फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालीले बनाए हाइड्रोपावरको पानी नाप्ने नयाँ प्रविधि

(GMT+08:00) 2018-05-07 16:46:06

       नेपाली युवा इन्जिनियरहरुले नदी वा खोलाको एक किनारामा बसेर अर्को किनारासम्मको पानी नाप्न मिल्ने अन्तर्राष्ट्रियस्तरको 'केबल वे' प्रविधि निर्माण गरेका छन्।

       अनलाइनखबरका अनुसार, सो प्रविधिको बालाजुस्थित यन्त्रशालामा माथिल्लो अरुणका प्रमुख विश्वध्वज जोशी र चिनियाँ परामर्शदात्री संस्थाका टिम लिडर हुले संयुक्त रुपमा उदघाटन गरेका छन्।

        यसअघि पानी नाप्नको लागि तारको लठ्ठामा टेकेर वारि–पारि गर्नुपर्ने हुँदा निकै असुरक्षित हुने गरेको र हाल बनाएको नयाँ प्रविधिबाट खोलाको एक किनारामा बसेरै सम्पूर्ण नापजाँच गर्न सकिने युवा इन्जिनियर अनुप खनालले बताए। डायल गजको माध्यमबाट खोलाको चौडाइ तथा गहिराइ सहीसँग नाप्न सकिने भएकाले काम गर्न सजिलो र एकदमै सुरक्षित भएको पनि बताए।

        खोलाको सेडिमेन्टसमेत नाप्न सकिने उक्त'केबल वे'को नयाँ प्रविधिलाई नमूनाको रुपमा ३३५ मेगावाटको माथिल्लो अरुण, ३० मेगावाटको इखुवा खोला हाड्रोपावर प्रोजेक्टमा प्रयोग गरिएको छ।

         उदघाटन कार्यक्रममा सहभागी हाइड्रोपावरका जानकार लीलानाथ भट्टराईले नेपाली युवाहरुले बिकास गरेको यो नयाँ प्रविधि तर्न नसकिने ठूला नदी तथा खोलाको पानी नाप्न र सेडिमेन्ट नाप्नको लागि उपयोगी हुने बताए।

जानकारी तथा लेखहरु