फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री इण्डोनेशियाको भ्रमणमा

(GMT+08:00) 2018-05-07 16:47:07

       मे छ तारिख दिउँसो इण्डोनेशियाका राष्ट्रपति जोको विदोदोको निमन्त्रणामा चीनको राज्य परिषदका प्रधानमन्त्री ली ख छ्याङ्गले इण्डोनेशियाको औपचारिक भ्रमण शुरू गर्नुभएको छ।

        इण्डोनेशियाका उपराष्ट्रपति एवम समुद्री समन्वय मन्त्री मुहमद जुसुफ कालाले जकार्ताको सोकार्नो हाटा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री लीलाई हार्दिक स्वागत गर्नुभएको छ। इण्डोनेशियाका लागि चिनियाँ राजदूत स्याउ छ्यान, आशियानका लागि चिनियाँ राजदूत हाङ्ग सी ल्यानले पनि विमानस्थलमा प्रधानमन्त्री लीलाई स्वागत गर्नुभएको छ।

         प्रधानमन्त्री लीका अनुसार चीन र इण्डोनेशिया छिमेकी मुलुक हुन्। सन् २०१३ मा राष्ट्राध्यक्ष सी चिन फिङले इण्डोनेशियाको सफल भ्रमण गर्नुभएको थियो। यी दुबै मुलुकले सक्रियताका साथ विकास रणनीतिका लागि सम्पर्क राखेको छ। यस वर्ष चीन र इण्डोनेशियाबीचको चौतर्फी रणनीति साझेदारी सम्बन्ध स्थापना भएको पाँचौं वार्षिकोत्सव हो। यस इण्डोनेशियाको भ्रमणमा प्रधानमन्त्री लीले यी दुबै मुलुकबीचको सम्बन्ध र विभिन्न क्षेत्रबीचको सहयोगलाई प्रवर्द्धन गर्ने आशा व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु