फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाको कमिटी अफ हन्द्रेडद्वारा सन् २०१८ वार्षिक बैठकको आयोजना

(GMT+08:00) 2018-05-07 16:47:44

        अमेरिकाको कमिटी अफ हन्द्रेडले यसै मे पाँचदेखि छ तारिखसम्म क्यालिफोर्निया राज्यको सिलिकन भ्यालीको सान्ता क्लारामा सन् २०१८ वार्षिक बैठकको आयोजना गरेको छ। चीन र अमेरिकाका पाँच सयभन्दा बढी राजनीति, अर्थतन्त्र, उद्योग आदि क्षेत्रका व्यक्तिले यस बैठकमा भाग लिँदै चीन र अमेरिकाबीचको सम्बन्धको वर्तमान विकास दिशा, बौद्धिक सम्पतिको संरक्षण, आर्टिफिसियल ईन्टलिजेन्स प्रविधि लगायतका चर्चित विषयमा छलफल गरेका छन्।

        उक्त कमिटीको निष्कर्श अनुसार, विश्वमा चीन र अमेरिकाबीचको जस्तो जटिल सम्बन्ध अरू कुनै पनि दुई मुलुकबीच भएको छैन र यी दुबै मुलुकसँग सक्रिय शक्ति भएबाट यस्तो हुन गएको छ। साथै यी दुबै मुलुकले वैश्वीकरण गरिएको संसारलाई बेवास्ता गर्न नसकिने र दिन प्रतिदिन उदय भइरहेको चीनप्रति अमेरिकाले सहयोग गर्नु पर्ने छ।

         सन् १९९० मा स्थापित उक्त कमिटीलाई अमेरिकामा सबैभन्दा ठूलो प्रभावित शक्ति बोकेको चिनियाँ योग्य व्यक्तिहरूको संगठनमध्येको एक मानिन्छ।

जानकारी तथा लेखहरु