फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सगरमाथाको उत्तरी मोहडामा पर्वतारोहण मार्गको मर्मत र सामाग्री ढुवानी काम पूरा

(GMT+08:00) 2018-05-07 16:48:55

        सन् २०१८ को सगरमाथा पर्वतारोहण अवधि शुरू हुँदैछ। सगरमाथाको उत्तरी मोहडा अर्थात् चीनको तिब्बत स्वायत्त प्रदेशमा पर्ने भागमा हाल समुद्री सतहदेखि ८३०० मिटरको उचाइमा पर्ने शिविरसम्मको मार्ग मर्मतका साथै यहाँसम्म सामाग्री ढुवानी गर्ने काम पूरा भइसकेको छ।

         हाल चीनको सगरमाथा पर्वतारोहण टोली तथा पथप्रदर्शकहरू सगरमाथा आधार शिविरमा आराम गर्दै पर्वतारोहण शुरु गर्न उपयुक्त समय पर्खिरहेका छन्।

         पर्वतारोहणमा मार्ग मर्मत भनेको पहाडमा डोरी राख्ने हो जसबाट पर्वतारोहीलाई उचित मार्ग निर्देशन प्रदान गरिने छ। यस वर्ष लगभग १८० जना स्वदेशी तथा विदेशी पर्वतारोहीले सगरमाथाको उत्तरी मोहडाबाट विश्वको सबैभन्दा अग्लो हिमालको शिखरतर्फ पुग्ने प्रयास गर्ने छन्। शिखर पुग्ने उपयुक्त समय यसै मे महिनाको मध्य वा अन्तिम भागमा हुने सम्भावना छ।

जानकारी तथा लेखहरु