फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सम्बन्धित् पक्षले कोरियाली प्रायद्वीपको वर्तमान परिस्थितिको राम्ररी संरक्षण गर्नसक्ने चीनको धारणा

(GMT+08:00) 2018-05-07 18:16:34

       चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वाङ्गले आज सात तारिख पैचिङ्गमा जनाउनु भएअनुसार सम्बन्धित् विभिन्न पक्षको संयुक्त प्रयासमा हाल कोरियाली प्रायद्वीपको परिस्थितिमा अनेकन् सकारात्मक परिवर्तन देखिन्छ। यस्तो अवस्था देख्न एकदमै गाह्रो भएकाले सम्बन्धी विभिन्न पक्षले यसलाई राम्ररी संरक्षण गर्नसक्ने आशा गरेको पनि बताउनुभएको छ।

         प्रवक्ता कङ्गका अनु्सार सम्बन्धित् विभिन्न पक्षले द्दढताका साथ एउटै दिशातर्फ जाँदै वार्ता र पारस्परिक विश्वासलाई प्रवर्द्धन गर्न प्रयास गर्नसक्ने छ। योजना अनुसार उत्तर कोरिया र अमेरिकाका नेता स्तरीय वार्ता सफलताका साथ आयोजना हुनसक्न चीनले आशा गरेको छ। चीनले विभिन्न पक्षले कोरियाली प्रायद्वीपको समस्याको समाधान र प्रगतिलाई प्रबर्द्धन गर्दै संयुक्त रुपमा यस प्रायद्वीपको दीर्घकालीन शान्ति सिर्जना गर्न आव्हान गरेको छ।

जानकारी तथा लेखहरु