फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रपतिको पद पुनःसम्हाल्नु भएकोमा चीनद्वारा पुटिनलाई बधाइ

(GMT+08:00) 2018-05-07 18:17:02

       सात तारिख मध्यान्ह भ्लादिमिर पुटिनको राष्ट्रपति सपथ ग्रहण समारोह रुसमा आयोजना भएको छ। योसँगै पुटिनको चौथो राष्ट्रपति कार्यावधि ‌औपचारिक रुपमा सुरु भएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले चीनले भ्लादिमिर पुटिनलाई रूसको राष्ट्रपतिको पद सम्हालेकोमा हार्दिक शुभकामना ज्ञापन गरेको व्यक्त गर्नुभयो। चीनले दुई देशका राष्ट्र नायकको संयुक्त नेतृत्वमा चीन र रुसबीचका विभिन्न क्षेत्रका सहयोगी बाटो अझै फराकिलो हुने चीनको विश्वास रहेको प्रवक्ता कङ श्वाङले दोहोर्‍याउनुभयो।

       आजै पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता कङ श्वाङले उक्त कुरा बताउनुभएको हो। उहाँले राष्ट्राध्यक्ष सी चिन फिङ र राष्ट्रपति पुटिनको रणनीतिक नेतृत्वमा चीन-रुस सम्बन्ध उच्च स्तरीय विकास भइरहेको र हाल दुई देशबीचको चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध इतिहासको सबैभन्दा असल अवधिमा रहेको उल्लेख गर्नुभयो। उहाँले हाल चीन र रुस आ-आफ्नो देश विकासको मुख्य अवधिमा रहेको भन्दै दुई देशका नेताको संयुक्त नेतृत्वमा नयाँ युगको चीन-रुस चौतर्फी रणनीतिक साझेदारी साथी सम्बन्धको अर्थ झनै प्रशस्त हुने र दुई देशबीचका विभिन्न क्षेत्रको सहयोगी बाटो पनि झनै फराकिलो हुने चीनको विश्वास रहेको दोहोर्‍याउनुभयो।

जानकारी तथा लेखहरु