फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रमिक माग्दा नेपाली कुटनीति नियोगाबाट प्रमाणित गर्नुपर्ने

(GMT+08:00) 2018-05-08 18:09:20

        नेपाल सरकारले बैदेशिक रोजगारदाता कम्पनीहरुले नेपालका श्रमिक माग्दा सम्बन्धित मुलुकमा रहेका नेपाली कुटनीतिक नियोगबाट प्रमाणित गर्नुपर्ने व्यवस्था गरेको छ। श्रमिकहरुले भनेजति तलब नपाउने र श्रम स्वीकृतिका लागि आउने कम्पनीका कतिपय मागपत्रहरु नक्कली समेत हुने गरेकाले त्यो विकृति रोक्न मन्त्रिपरिषद्को सोमबारको बैठकले यस्तो निर्णय गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

        म्यानपावर व्यावसायीहरुले सम्बन्धित कुटनीतिक नियोगाबाट प्रमाणित गर्नुपर्ने प्रावधान नल्याउने दवाव दिदै आएका थिए। तर श्रममन्त्री गोकर्ण विस्टको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले सोमबार ' बैदेशिक रोजगार मागपत्र निर्देशिका' स्वीकृत गरेको हो। अब कुनै पनि कम्पनीले नेपाल कामदार आवश्यक परे त्यही देशमा रहेका नेपाली कुटनीति नियोगले ती कम्पनीको अवस्थाबारे अध्ययन गर्नेछन्। अध्ययन गरी सम्बन्धित कम्पनीमा कामदार पठाउन सकिने कि नसकिने भन्ने निक्र्यौल गर्नेछन्। कुनै पनि कम्पनीले आवदेन दिएको १० दिन भित्र सम्बन्धित नियोगले जाचबुझ गरी स्वीकृत दिने कि नदिने भन्ने निर्णय गरिसक्नुपर्नेछ।

        अहिले नेपाली श्रमिकहरुको तलब यहा श्रम स्वीकृति लिदा एउटा र सम्बन्धि मुलुकमा पुगेपछि अर्को हुने गरेको पाइन्छ। त्यही कारण भनेजति सुविधा नपाएको गुनासो कामदारहरुबाट आउने गरेको छ। मन्त्रिपरिषद्ले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने नेपालको राजकीय भ्रमणको कार्यक्रमलाई स्वीकृत गरेको छ। मोदी यसै साता नेपाल भमणमा आउने कार्यक्रम छ।

जानकारी तथा लेखहरु