फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-इण्डोनेशिया उद्योग वाणिज्य शिखर सम्मेलनमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङको सम्बोधन

(GMT+08:00) 2018-05-08 18:12:07

        हिजो मे सात तारिख राति चिनियाँ राज्य परिषदका प्रधानमन्त्री ली ख छ्याङ्गले जकार्तामा इण्डोनेशियाका उप राष्ट्रपति जुसुफ कलासँग चीन-इण्डोनेशिया उद्योग वाणिज्य शिखर सम्मेलनमा भाग लिँदै सम्बोधन गर्नुभएको छ।

         उहाँका अनुसार इण्डोनेशिया सबैभन्दा महत्वपूर्ण प्रभावित शक्ति बोक्ने विकासोम्मुख ठूलो मुलुक र नयाँ विकसित बजारमूलक आर्थिक समूहहरुमध्ये एक हो। चीनले इण्डोनेशियासँगको सम्बन्धलाई निकै जोड दिँदै आएको छ। सन् 2013 मा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले इण्डोनेशियाको सफल भ्रमण गर्दै यी दुबै मुलुकबीचको सम्बन्धको विकासका लागि दिशा सिर्जना गर्नुभएको थियो। यी दुबै मुलुकका विभिन्न क्षेत्रका व्यक्तिको संयुक्त प्रयासमा चीन र इण्डोनेशियासँगको सम्बन्ध तिब्र विकास बाटोमा प्रवेश गरेको छ।

         केही वर्षयता जटिल स्वदेशी तथा विदेशी वातावरणका सामु चीनले द्दढ रणनीति राख्दै आपूर्ति-क्षेत्र सुधारको शक्तिशाली प्रवर्द्धन गरिरहेको छ। यस वर्ष अर्थात् चीनको सुधार तथा खुल्लापन भएको चालीसौँ वार्षिकोत्सवको उपलक्ष्यमा चीनले उच्च स्तरीय खुल्लापन गर्दै इण्डोनेसिया लगायत विश्वका विभिन्न मुलुकसँग अझ ठूलो विकास अवसर सिर्जना गर्ने भएको छ।

जानकारी तथा लेखहरु