फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र आशियाबीच रणनीतिक साझेदारी सम्बन्ध स्थापनाको 15 औँ वार्षिकोत्सव कार्यक्रममा चिनियाँ प्रधानमन्त्री

(GMT+08:00) 2018-05-08 18:12:35

         हिजो मे सात तारिख दिउँसो चिनियाँ राज्य परिषदका प्रधानमन्त्री ली ख छ्याङले जकार्तामा आशियान सचिवालयमा चीन र आशियानबीच रणनीतिक साझेदारी सम्बन्ध स्थापना भएको 15 औँ वार्षिकोत्सव कार्यक्रममा भाग लिँदै सम्बोधन गर्नुभएको छ।

         उहाँका अनुसार चीन र आशियान असल छिमेकी,साथी र साझेदारी हुन्। चीन र आशियानबीचको सहयोग दिन प्रतिदिन क्षेत्रीय शान्ति तथा स्थिरताको संरक्षण र क्षेत्रीय संयुक्त समृद्धिको समर्थन तथा निर्देशन शक्ति बनेको छ। यो वर्ष चीन र आशियानबीच रणनीतिक साझेदारी सम्बन्ध स्थापना भएको 15 औँ वार्षिकोत्सव रहेको बताउँदै पन्ध्र वर्षयता यी दुबै पक्षले हातमा हात मिलाएर अन्तर्राष्ट्रिय बैकिङ्ग संकट,महत्वपूर्ण प्राकृतिक प्रकोपको सामना गर्नुका साथै क्षेत्रीय शान्ति,विकास,समृद्धिको संरक्षण गरेको उहाँले बताउनुभयो।

         गत महिना चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले पोआउ एशिया मञ्चको 2018 वार्षिक सम्मेलनमा भविष्यको संयुक्त सिर्जना र खुलापनको विस्तार विषयमा नयाँ कदम प्रस्तुत गर्नुभएको थियो। चीनको विकासले आशियान लगायत विश्वका विभिन्न मुलुकका लागि अझ नयाँ ठूलो विकास अवसर सिर्जना गर्ने भएको छ।

जानकारी तथा लेखहरु