फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री र आशियानका महासचिवबीच भेटवार्तामा

(GMT+08:00) 2018-05-08 18:13:03

        हिजो मे सात तारिख दिउँसो चिनियाँ राज्य परिषदका प्रधानमन्त्री ली ख छ्याङ्गले जाकर्तामा आशियान सचिवालयका महासचिव लिन यु व्हीसँग भेटवार्ता गर्नुभएको छ।

        भेटवार्तामा प्रधानमन्त्री लीले आशियानसँगको सहयोगलाई चीनले जोड दिँदै आशियान एकिकृत सामुदायको निर्माणलाई द्दढ समर्थन गर्दै जाने बताउनुभयो। चीन र आशियान सबै विकासोम्मुख आर्थिक समूह रहेको भन्दै दुबै पक्षबीचमा सहयोगको शक्ति व्यापक रहेको उहाँले औँल्याउनुभयो। वर्तमान विश्वको आर्थिक परिस्थितिमा दुबै पक्षले बहुपक्षीयता र स्वतन्त्र व्यापारको द्दढ संरक्षण गर्दै"क्षेत्रीय चौतर्फी आर्थिक साझेदारी सम्बन्ध सम्झौता"विषयक वार्तामा प्राप्त वास्तविक प्रगतिलाई प्रवर्द्धन गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो।

          प्रत्युत्तरमा महासचिव लीनले आशियानको एकिकृत प्रगतिमा चीनले गर्दै आएको समर्थनप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले जोड दिनुएअनुसार आशियानले दुईपक्षीय विकास रणनीतिका लागि चीनसँग सम्पर्क राख्दै क्षेत्रीय र विश्वको समृद्धि र स्थिरताका लागि योगदान सिर्जना गर्ने आशा गरेको छ।

जानकारी तथा लेखहरु