फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली पत्रकार टोलीद्वारा सीआरआईको अवलोकन भ्रमण

(GMT+08:00) 2018-05-08 18:50:53

 

         चीन भ्रमणमा रहेको नेपाली पत्रकारहरुको एक टोलीले सीआरआईको अवलोकन भ्रमण गरेको छ। तीन साता लामो चीन भ्रमणका क्रममा बेइजिङ आइपुगेको नेपाली पत्रकारहरुको टोलीले मे ८ तारिख मंगलबार अपरान्ह सीआरआईको अवलोकन भ्रमण गरेको हो।

        नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाको नेतृत्वमा २१ सदस्यीय नेपाली पत्रकारहरुको टोलीले सीआरआई नेपाली सेवाको कार्यालय र स्टुडियोको अवलोकन गरी चिनियाँ संचार क्षेत्रको बारेमा जानकारी लिएको छ। नेपाली पत्रकारहरुले सीआरआईको विभिन्न भाषाबाट प्रसारण हुने प्रणाली तथा वर्तमान चिनियाँ संचार नीति बारेमा जिज्ञासा राखेका थिए। सीआरआईको अनलाइन सेवा, फेसबुक,दैनिक प्रयोगकर्ता,प्रसारण सामग्री बारेमा सीआरआई नेपाली सेवाकी उपप्रमुख लिउ बन अर्थात् सुमेघाले नेपाली पत्रकारहरुलाई जानकारी दिनुभयो।

          नेपाली पत्रकार टोलीले सीआरआईको दोस्रो तलामा रहेको सीआरआई संग्रहालयको अवलोकन पनि गरेका थिए। नेपालका मुख्य संचारगृहका पत्रकारहरुले चिनियाँ संचार सम्बन्धी जानकारी संकलन गरेर नेपालीहरुसम्म चीनको यर्थार्थ जानकारी लाने प्रतिक्रिया सीआरआई नेपाली सेवालाई व्यक्त गरे।

जानकारी तथा लेखहरु