फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री ली जापान भ्रमणमा

(GMT+08:00) 2018-05-08 20:15:21
        जापानका प्रधानमन्त्री शिन्चो आबेको निमन्त्रणामा चीनका प्रधानमन्त्री ली ख छ्याङ मे आठ तारिख बेलुका विशेष विमानद्वारा टोकियो पुगेर सातौँ चीन-जापान-दक्षिण कोरिया नेता वार्तामा भाग लिनुका साथै जापानको औपचारिक भ्रमण सुरु गर्नु भएको छ।

        ली ख छ्याङले साढे दुई वर्षपछि पुनःसुरु भएको सातौँ चीन-जापान-दक्षिण कोरिया नेता वार्ताबाट तीन देशले आपसी विश्वास र सहयोगलाई बढाएर क्षेत्रीय विकास र शान्तिलाई योगदान गर्नसक्ने अपेक्षा आफूले लिएको विचार व्यक्त गर्नुभयो। आफ्नो भ्रमणमार्फत जापानसँग सन्धिको अनुभव लिएर चीन-जापान चारवटा राजनीतिक सम्झौता निश्चित सैद्धान्तिक आधारमा चीन-जापान सम्बन्धलाई सामान्य बाटोमा ल्याउनसक्ने आशा आफूले लिएको पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु