फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वकै ठूलो चिनियाँ अलिबाबा कम्पनी नेपाल प्रवेश गर्दै

(GMT+08:00) 2018-05-09 16:41:23

        विश्वमै सबैभन्दा ठूलो मानिएको चिनियाँ अनलाइन व्यापार कम्पनी अलिबाबाको सेवा नेपालमा पनि विस्तार हुने भएको छ। अलिबाबाले रकेट इन्टरनेटले सञ्चालन गरेको दराज ग्रुपको सबै सेयर किनेपछि दराज मार्फत अलिबाबाले नेपालसहित दक्षिण एसियाली देशहरुमा सेवा दिन लागेको अनलाइन खबरले लेखेको छ।

        सन् २०१२ मा स्थापना भएको दराज ग्रुपले पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका र म्यानमारमा सेवा दिँदै आएको छ। यी देशमा अलिबाबाले दराजकै ब्राण्डमा यी देशहरुमा आफ्नो सेवा विस्तार गर्नेछ। 'प्रविधि, अनलाइन व्यापार, मोवाइल पेमेन्टलगायतका क्षेत्रमा अलिबाबाको नेतृत्व र अनुभव उपयोग गर्न दराज सक्षम छ' रकेटले भनेको छ। यो सम्झौतापछि दक्षिण एसियाको ४६ करोड मानिसहरु लाभान्वित हुने रकेटले जनाएको छ।

        अलिबाबाका सीईओ ड्यानियल चाङले दराजको प्राप्तिले उद्यमशीलता विकास गर्नुका साथै दक्षिण एसियाली क्षेत्रका उपभोक्तालाई राम्रो सेवा दिने बताउनु भएको छ। अलिबाबा ग्रुप होल्डिङ चिनियाँ बहुराष्ट्रिय ई-कमर्स कम्पनी हो। जसको स्थापना सन् १९९९ मा भएको थियो। यसले आफ्नो वेबसाइट मार्फत सरसामानहरु बेच्ने गर्छ। यो अहिले विश्वका दुई सय देशहरुमा यसले सेवा दिन्छ। साथै यो विश्वको सबैभन्दा ठूलो इन्टरनेट कम्पनी पनि हो।

         ई- कमर्समा अलिबाबाले भारतको २५ प्रतिशत अनलाइन बजार हिस्सा ओगटेको छ। सन् २०१५ को अगष्टमा अलिबाबा ग्रुपले भारतको स्न्यापडिलमा लगानी गरेको थियो। यसले सन् २०१५ मै ६ सय ८० मिलियन अमेरीकी डलर बराबरको रकम ई-कमर्स कम्पनी पेटीएम पनि लगनी गरेको थियो। अब नेपालमा विस्तारै उकालो लाग्दै गरेको ई-कमर्समा अलिबाबा पनि आउनेछ।

          आक्रामक बजार नीति भएकाले यसले अनलाइन सपिमा नेपालीहृरुलाई अभ्यस्त गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ।

जानकारी तथा लेखहरु