फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शुक्लाफाँटा निकुञ्जमा कृत्रिम ताल थपिँदै

(GMT+08:00) 2018-05-09 16:42:48

          वन्यजन्तुलाई पानीको तिर्खा मेटाउनका लागि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृत्रिम ताल निर्माण गर्न थालिएको छ। वन्यजन्तुको वासस्थान व्यवस्थापनअन्तर्गत यहाँ चालू आर्थिक वर्षमा ६ वटा ताल निर्माण भइरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल घिमिरेले जानकारी दिनुभएको राष्ट्रिय समाचार समितिले लेखेको छ। निकुञ्जभित्रको रानी ताल र सालगौडी ताल व्यवस्थापन गरी थप सुविधायुक्त बनाउनसमेत बजेट आएको उहाँले बताउनुभयो। निकुञ्जभित्र यसअघि विभिन्न सयमा गरेर करीब एक दर्जन ताल निर्माण भइसकेका छन्। "चालू आवमा ६ वटा ताल खनिँदैछन्।" उहाँले भन्नुभयो, "कृत्रिम तालका कारण वन्यजन्तुलाई सहज भएको छ।" शुक्लाफाँटामा प्राकृतिक र कृत्रिम गरी करिब दुई दर्जन ताल छन्। शुक्लाफाँटाभएर चौधर नदी समेत बग्छ। खडेरीका कारण वन्यजन्तुलाई पानी पिउन समस्या नहोस् भनेर ताल थप्ने क्रम जारी छ। आवश्यकताअनुसार निकुञ्जको अण्डैया, लालपानी, बर्कौलालगायत क्षेत्रमा ताल बनाइनुका साथै पानी तान्न ट्युवबेलको प्रबन्ध मिलाइएको छ। ठेक्का प्रक्रियामार्फत हरेक वर्ष यहाँ ताल निर्माण भइरहेका छन्। "गर्मी मौसममा पानीका मुहान सुक्नाका साथै डढेलोबाट वन्यजन्तु प्रभावित हुने गर्छन्," घिमिरेले भन्नुभयो, "अहिले कृत्रिम तालमा पानी भरेर वन्यजन्तुका लागि सहज बनाएका छौँ।" निकुञ्जभित्रका रानी ताल, बठनिया ताल र बाबा ताल संरक्षणको अभावमा पुरिँदै गएका छन्। बजेट अभावले निकुञ्ज प्रशासनले यहाँका प्राकृतिक तालको संरक्षण एवं संवद्र्धन गर्न सकिरहेको छैन।

जानकारी तथा लेखहरु