फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी र उत्तर कोरियाली नेता किमको भेट-वार्तालाई उत्तर कोरियाली सञ्चार माध्यमको मूल्याङ्कन

(GMT+08:00) 2018-05-09 16:43:44

         मे सात र आठ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं राष्ट्राध्यक्ष सी चिन फिङले चीनको ता ल्येन शहरमा उत्तर कोरियाली श्रमिक पार्टीका अध्यक्ष एवं राज्य परिषदका अध्यक्ष किम जोङ ऊनसँग भेट-वार्ता गर्नुभएको छ। उत्तर कोरियाको केन्द्रीय टेलिभिजन स्टेशनले हिजो आठ तारिख सो भेट-वार्ता सम्बन्धी खबर प्रसारण गर्दै दुबै मुलुकका नेताले भेट-वार्तालाई उच्च मूल्याङ्कन गरेको बताएको छ।

         उत्तर कोरियाको मूल्याङ्कनमा चिनियाँ कम्युनिष्ट पार्टी र उत्तर कोरियाली श्रमिक पार्टीबीचको सम्बन्ध नयाँ अवधिमा प्रवेश गरेको उपलक्ष्यमा उक्त भेट-वार्ताको आयोजना भएको हो। "ऐतिहासिक भेट-वार्ता"नै उत्तर कोरिया र चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई अघि बढाउने एक महत्वपूर्ण अवसर हो। उत्तर कोरिया र चीनबीचको मित्रताले नयाँ युगको मागबमोजिम विकसित हुने भएको छ।

जानकारी तथा लेखहरु