फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी घोषणाप्रति राष्ट्र संघको गम्भीर ध्यानाकर्षण

(GMT+08:00) 2018-05-09 16:44:10

        अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे आठ तारिख इरान आणविक सम्झौताबाट त्यागेको बताउँदै इरानमाथि पुन नाकाबन्दी गर्ने घोषणा गर्नुभएको छ। यसप्रति संयुक्त राष्ट्र संघीय महासचिव आन्टोनिओ गुटरेसले एक वक्तव्य सार्वजनिक गर्दै अमेरिकाको उक्त निर्णयलाई गम्भीर ध्यान दिएको व्यक्त गर्नुभएको छ।

        महासचिव गुटरेसका अनुसार इरान आणविक सम्झौता नै आणविक अप्रसार क्षेत्र र कुटनीतिक क्षेत्रमा एक महत्वपू‌‌र्ण उपलब्धि हो। यो उपलब्धिले क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि हितकर भूमिका सिर्जना गरेको छ। यो सम्झौता सम्बन्धी सबै चासोलाई सम्झौताको आफ्नो संयन्त्रमार्फत समाधान गर्नुपर्छ। उहाँले वक्तव्यमा इरान आणविक सम्झौता सम्बन्धी अन्य सहभागी पक्षलाई "चौर्तफी रुपमा आ-आफ्ना बचनबद्धता"लाई व्यवहारमा उतार्न ताकिता गर्नुभएको छ। उहाँले संयुक्त राष्ट्र संघका अन्य सदस्य मुलुकले यो सम्झौतालाई समर्थन गर्न ताकिता पनि गर्नुभएको छ।

जानकारी तथा लेखहरु