फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उपयुक्त समयमा चिनियाँ उपप्रधानमन्त्रीले अमेरिकाको भ्रमण गर्नुहुने

(GMT+08:00) 2018-05-09 18:25:18

        उपयुक्त समयमा आर्थिक तथा व्यापारिक परामर्शका लागि चीनका उपप्रधानमन्त्रीले अमेरिकाको भ्रमण गर्नुहुने भएको छ। चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले आज मे नौ तारिख पैचिङ्गमा उक्त कुरा बताउनुभएको हो।

        हाल अमेरिकी अर्थमन्त्री मुनुचिनले चिठी पठाउँदै ‌‌औपचारिक रुपमा राष्ट्राध्यक्ष सी चिन फिङका विशेषदूत,चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक व्युरोका सदस्य,राज्य परिषदका उपप्रधानमन्त्री एवं चीन अमेरिका चौतर्फी अर्थतन्त्र वार्ताका नेतृत्व व्यक्ति ल्यु हलाई अमेरिका भ्रमणको निमन्त्रणा गर्नुभएको छ। यसप्रति वाणिज्य मन्त्रालयका प्रवक्ताका अनुसार चीनले यो निमन्त्रणालाई उपयुक्त अवसरमा छलफल गर्नका लागि अमेरिकातर्फ जान स्वीकृत गरेको छ। हाल चीन अमेरिका दुबै पक्षका काम टोलीले यो कुराका लागि घनिष्ट सम्पर्क राखिरहेका छन्।

जानकारी तथा लेखहरु