फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इरान आणविक सम्झौताबाट अमेरिका बाहिरिँदा चीनद्वारा खेद प्रकट

(GMT+08:00) 2018-05-09 18:25:50

        चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता कङ श्वाङले इरान आणविक चौतर्फी सम्झौताबाट अमेरिका बाहिरिएको बारे चीनलाई खेद लागेको उल्लेख गर्नुका साथै राजनीतिक कुटनीतिक दिशामा अडिग रहेर मतभेद नियन्त्रण गरी चौतर्फी सम्झौताको निरन्तर रुपमा लागू गर्ने सही बाटोमा छिटै फर्कन चीनले विभिन्न पक्षलाई आह्वान गरेको बताउनुभयो।

         आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता कङ श्वाङले उक्त कुरा बताउनुभएको हो। कङ श्वाङले अमेरिकाको उक्त निर्णयबारे चीनलाई खेद लागेको भन्दै इरान आणविकसम्बन्धी चौतर्फी सम्झौता नै छ मुलुक, युरोपेली लिग र इरानले संयुक्त वार्ता गरी सम्पन्न गरेको बहु-पक्षीय सम्झौता हो। साथै सुरक्षा परिषदको 2231 नम्बरको निर्णय पत्रबाट पारित भएको हो र विभिन्न पक्षले दतचित्त भएर लागू गर्नुपर्ने दोहोर्‍याउनुभयो।

        उहाँले वर्तमान स्थितिमा चीनले दीर्घकालीन दृश्यबाट राजनीतिक कुटनीतिक दिशामा अडिग रहेर मतभेद नियन्त्रण गरी चौतर्फी सम्झौताको निरन्तर रुपमा लागू गर्ने सही बाटोमा छिटै फर्कन विभिन्न पक्षलाई आह्वान गरेको पनि बताउनुभयो। चीनले निष्पक्ष, न्याय, जिम्मेवार रुपमा अडान लिएर विभिन्न पक्षसँग सल्लाह गरी सो चौतर्फी सम्झौता लागू गर्न संरक्षण गर्ने पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु