फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोखराको पर्यटकीय क्षेत्रमा डिजिटल तथ्याङक संकलन सुरु

(GMT+08:00) 2018-05-10 16:30:31

         पोखराको पर्यटकीय शहर लेकसाइडमा रहेका घर परिवार र भाडामा बस्नेहरुको तथ्याङक लिन सुरु गरिएको छ। सामुदायी प्रहरी केन्द्र बैदाम, वडा प्रहरी कार्यलय बैदाम र पोखरालेखनाथ महानगरपालिका वडा नम्बर ६ को सक्रियातामा डिजिटल रुपमा तथ्याङक संकलन गरेर तथ्याङक राख्न सुरु गरेको सेतोपाटी अनलाइनले लेखेको छ।

          प्रत्येक घरमा कति जना सदस्यहरु छन् र भाडामा बस्छन्, को-को बस्छन् भन्ने तथ्याङक राखीने सामुदायीक प्रहरी केन्द्र बैदामका अध्यक्ष भिम पराजुलीले जानकारी दिनुभयो। उहाँले सामुदायिक प्रहरी केन्द्र बैदामबाट १० र पोखरा ६ वडाबाट १० जना गरि २० जनाले तथ्याङक संकलन गर्ने बताउनुभयो। संकलन गर्न करिब १ महिना लाग्ने पराजुलीले बताउनुभयो।

          डिजिटल तथ्याङक संकलनबाट विकास निर्माणका साथै अपराध अनुसन्धान गर्न पनि सहज हुने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख अशोक सिंहले बताउनुभयो। उहाँले कुन व्यक्ति कुन घरमा बस्छ भने जानकारी डिजिटल एप्सबाट थाहा हुने भए पछि अपराधीलाई सहजै पक्राउ गर्न समेत सहयोग हुने बताउनुभयो।

          मोवाइल एप्सबाट तथ्याङक संकलन गरिने छ। व्यक्तिको फोटो, नागरिकता नम्बर, शिक्षा, पेसा लगाएतका तथ्याङका संकलन गर्ने सफ्टयोर निर्माण गरेका निर्मल गुरुङले बताउनुभयो। उहाँले व्यक्तिको हुलिया सहित राखीने हुदाँ कुन व्यक्ति कहाँ बस्छ भन्ने सहजै पत्ता लागउन सकिने बताउनुभयो। विकसित देशहरुमा सबै तथ्याङकलाई डिजिट रुपमा रिखिदै आएको छ। नेपालमा पछि यो पहिलो प्यास भएको वडा नम्बर ६ का अध्यक्ष जगत पहारीले बताउनुभयो। तथ्याङक संकलन पछि वडामा कति घर परिवार बस्छन्, के पेशा गर्दछन्, कहाँबाट आएका हुन् भन्ने जस्ता सबै तथ्याङक थाहा हुने पहारीको भनाइ छ।

जानकारी तथा लेखहरु