फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छैटौँ चीन, जापान र दक्षिण कोरिया व्यापार शिखर सम्मेलनमा प्रधानमन्त्री लीको सम्बोधन

(GMT+08:00) 2018-05-10 16:31:04

       हिजो मे नौ तारिख मध्यन्ह चिनियाँ प्रधानमन्त्री ली ख छ्याङले टोकियोमा जापानी प्रधानमन्त्री शिन्जो आबे र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय-इनसँग संयुक्त रुपमा छैटौँ चीन जापान दक्षिण कोरिया व्यापार शिखर सम्मेलनमा भाग लिनुभएको छ।

        शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री लीले चीन जापान र दक्षिण कोरिया सबै छिमेकी मुलुक मात्र नभइ विश्वमा महत्वपूर्ण प्रभाव सिर्जना गरेको मुख्य आर्थिक समूह पनि भएको बताउनुभयो। उहाँका अनुसार यी तीन मुलुकबीचको आर्थिक तथा व्यापारिक सहयोगसँग शक्तिशाली र द्दढ शक्ति रहेको छ। यी तीन मुलुकको अर्थतन्त्रमा सबै राम्रो विकसित प्रवृत्ति देखिन्छ। स्थिर र शान्तिपूर्ण विकास वातावरण सिर्जना गर्दै शान्तिको मार्गमा द्दढताका साथ लाग्दै जानुपर्ने उहाँले उल्लेख गर्नुभयो।

          प्रधानमन्त्री लीले जोड दिनुएअनुसार बिगत पाँच वर्षमा चीनको अर्थतन्त्रले औसत प्रतिवर्ष 7.1 प्रतिशतको बृद्धिलाई व्यवहारमा उतारेको छ। सुधार तथा खुलापनको शक्तिशाली प्रवर्द्धनबाट लाभान्वित भई चीनको अर्थतन्त्रको विकासले उल्लेखनीय उपलब्धि हालिस गरेको छ। चीनले निरन्तर रुपमा खुलापन र सुधारको नीतिलाई कायम राख्दै व्यापारिक वातावरणलाई सुव्यवस्थित बनाउँदै जाने छ। आगामी वर्षमा चीन जापान दक्षिण कोरिया सहयोग संयन्त्र स्थापना भएको बीसौं वार्षिकोत्सव हुने छ। यी तीन मुलुकका उद्योग तथा व्यापार क्षेत्रका साथले हातमा हात मिलाएर विश्वका लागि नयाँ प्रवर्द्धन शक्ति सिर्जना गर्नसक्ने आशा प्रधानमन्त्री लीले गर्नुभएको छ।

जानकारी तथा लेखहरु