फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री र दक्षिण कोरियाका राष्ट्रपतिबीच भेटवार्तामा

(GMT+08:00) 2018-05-10 16:31:35

        मे नौ तारिख दिउँसो चिनियाँ प्रधानमन्त्री ली ख छ्याङले टोकियोमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनसँग भेटवार्ता गर्नुभएको छ। भेटवार्तामा प्रधानमन्त्री लीले सबैभन्दा पहिले राष्ट्रपति मुनलाई चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङको विनम्र बधाइ सन्देश सुनाउनुभयो। उहाँका अनुसार चीन र दक्षिण कोरिया असल छिमेकी र महत्वपूर्ण सहयोगात्मक साझेदारी हुन्। चीनले दक्षिण कोरियासँग आपसी रणनीतिक सम्पर्कलाई मजबुत बनाउँदै आपसी रणनीतिक विश्वास र पारस्परिक सहयोगलाई गहन पार्दै जाने आशा गरेको छ।

         भेर्खरै सफलताका साथ सम्पन्न भएको कोरियाली प्रायद्बीपका दुई पक्षबीचको नेतास्तरीय भेटवार्ताप्रति प्रधानमन्त्री लीले राष्ट्रपति मुनलाई शुभकामना व्यक्त गर्नुभएको छ। उहाँका अनुसार सम्बन्धित विभिन्न पक्षले यो राम्रो अवसर लिँदै सम्पर्क राखेर आपसी सम्बन्धलाई उचित दिशातर्फ विकास गर्नुपर्छ। चीनले यसका लागि निरन्तर रचनात्मक भूमिका सिर्जना गर्दै जाने छ।

          चीनले कोरियाली प्रायद्बिपका दुई पक्षबीचको नेता स्तरीय वार्तामा ठूलो समर्थन दिएकोमा धन्यवाद व्यक्त गर्दै राष्ट्रपति मुनले चीनसँग उच्च स्तरीय आदानप्रदानलाई कायम राख्दै आपसी खास तथा प्रभावकारी सहयोगलाई प्रवर्द्धन गर्नसक्ने आशा गर्नुभएको छ।

जानकारी तथा लेखहरु