फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री ली र जापानी प्रधानमन्त्री आबेबीच भेटवार्ता

(GMT+08:00) 2018-05-10 16:32:05

         चिनियाँ प्रधानमन्त्री ली ख छ्याङले मे नौ तारिख राति टोकियोमा जापानी प्रधानमन्त्री शिन्जो आबेसँग भेटवार्ता गर्नुभएको छ।

         भेटवार्तामा प्रधानमन्त्री लीले चीन र जापानबीचको सम्बन्धको सुधार तथा विकास नै यी दुबै मुलुक मात्र नभइ क्षेत्रीय शान्ति,स्थिरता र समृद्धिको हितका लागि पनि अनुकूल भएको बताउनुभयो। यो वर्ष चीन र जापानबीचको शान्तिपूर्ण मैत्रीसन्धि स्थापना भएको चालीसौं वार्षिकोत्सव हो। यी दुबै मुलुकले यो सन्धिको भावनालाई ध्यान दिँदै आपसी सम्बन्धको राजनीतिक आधारलाई सुद्दढ पार्नुपर्छ। जसबाट चीन र जापानबीचको सम्बन्धलाई मैत्रीपूर्ण सहयोगात्मक बाटोमा विकास गर्नसकिने छ।

          जापानी प्रधानमन्त्री आबेले चिनियाँ प्रधानमन्त्रीको जापानको औपचारिक भ्रमणलाई स्वागत गर्दै प्रधानमन्त्री लीले वायु तथा समुद्र सम्पर्क संयन्त्रको स्थापना गर्दै संयुक्त रुपमा समुद्री संकटको नियन्त्रणा गर्ने लगायत धेरै महत्वपूर्ण सहमति गर्नु भएको बताउनुभयो। जापानले चीनसँग संयुक्त प्रयास गर्दै आपसी सम्बन्धलाई स्वथ्य र स्थिर विकास गर्ने आशा गरेको उहाँले उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु