फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय जनकंग्रेस तिब्बती प्रतिनिधि मण्डलको क्यानाडा भ्रमण

(GMT+08:00) 2018-05-10 16:32:49

           तिब्बत स्वायत्त प्रदेश जन काँग्रेसका प्रतिनिधि, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिअन्तर्गत तिब्बत शाखा समितिका स्थायी सदस्य एवं ल्हासा शाखा समितिका अध्यक्ष पेमा वाङ्गदुको नेतृत्वमा रहेको चीनको राष्ट्रिय जन काँग्रेसको तिब्बत प्रतिनिधिमण्डलले मे छदेखि नौ तारिखसम्म क्यानाडाको भ्रमण गरेको छ। सो अवसरमा सो दलले क्यानाडाका विभिन्न क्षेत्रका व्यक्तिसँग भेटवार्ता र आदान-प्रदान गरी तिब्बतको आर्थिक तथा सामाजिक विकास अवस्थाबारे चौतर्फी रुपमा जानकारी दिनुका साथै उनीहरुलाई रुचि लागेका विषयबारे ब्याख्या गरेको छ। यो कार्यबाट आपसी बुझाइ बढेको छ।

           सो अवसरमा पेमा वाङ्गदुले जातीय क्षेत्रीय स्वशासन प्रणालीको संचालन भएयता तिब्बतमा भएको ऐतिहासिक परिवर्तन र सुधार तथा खुपालन नीति संचालन भएको चालीस वर्षयता विशेष गरी चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशनयता तिब्बतमा भएको आर्थिक तथा सामाजिक उपलब्धिबारे जानकारी दिनुभयो।

           क्यानाडा पक्षले चीनसँगको सम्बन्धमा आफूले निकै ध्यान दिएको भन्दै केही वर्षयता तिब्बतका विभिन्न क्षेत्रमा भएको विकासबाट क्यानाडालाई निकै गहिरो प्रभाव परेको र क्यानाडाले चीनसँग खुला आदान-प्रदान गरी आपसी बुझाइ बढाउने इच्छा लिएको व्यक्त गरेको छ।

जानकारी तथा लेखहरु