फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन व्यापारिक नाफाका पछि नलाग्ने

(GMT+08:00) 2018-05-10 16:40:51

         चीनको भन्सारको सम्बन्धी तथ्याङ्कअनुसार चालू वर्षको अघिल्ला चार महिनामा चीनको कूल आयात-निर्यात रकम 91 खर्ब 10 अर्ब चिनियाँ युआन पुगेको छ। गत वर्षको सोही अवधिको तुलनामा यो 8.9 प्रतिशतले बढेको छ। चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता काउ फङ्गले आज मे दश तारिख जनाउनुभएअनुसार चार महिनामा चीनको वैदेशिक व्यापार परिस्थिति स्थिर तथा राम्रो देखिन्छ। सारा विश्वको अर्थतन्त्र बृद्धि बाटोमा फर्केको,अन्तर्राष्ट्रिय बजारमूलक माग लगातार बढ्दै गएको र चीनको वैदेशिक व्यापार क्षेत्रमा आपूर्ति-क्षेत्र सुधारको प्रवर्द्धन आदि कारकबाट लाभान्वित भई उक्त आर्थिक परिस्थिति देखिएको हो।

         चालू वर्षको अघिल्ला चार महिनामा व्यापारिक नाफा 5 खर्ब 6 अर्ब 24 करोड चिनियाँ युआन पुगेको छ भने अघिल्लो वर्षको तुलनामा 24.1 प्रतिशतले घटेको छ। यसप्रति प्रवक्ता काउले चीन व्यापारिक नाफाका पछि नलागेको बताउनुभयो। उहाँका अनुसार वर्तमान व्यापारिक नाफा परिस्थिति चौतर्फी रुपमा बजारद्वारा सिर्जना गरिएको हो। व्यापारिक नाफा चीनको लक्ष्य होइन। चीनको वैदेशिक व्यापारको विकासले चीनको अर्थतन्त्र र चिनियाँ जनता मात्र नभइ सारा विश्वको अर्थतन्त्र र विभिन्न मुलुकका जनतालाई पनि लाभ ल्याएको उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु