फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले जापान र दक्षिण कोरियासँगको आपसी सहयोगलाई पूर्वी एशिया सहयोगको नमूना बनाउने

(GMT+08:00) 2018-05-10 18:36:02
         चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता कङ श्वाङले सातौँ चीन-जापान-दक्षिण कोरिया शिखर सम्मेलनमा कोरियाली प्रायद्वीप समस्या र चीन-जापान-दक्षिण कोरिया सहयोगलगायत विभिन्न विषयबारे धेरै सहमत सम्पन्न भएको र सम्मेलन उपलब्धियुक्त भएको जानकारी दिनुभयो। आगामी वर्ष चीन-जापान-दक्षिण कोरिया सहयोग भएको बीसौँ वर्षको उपलक्ष्यमा आपसी विश्वास र सहयोगलाई बढाएर तीन मुलुकबीचको सहयोगलाई पूर्वी एशिया सहयोगको नमूना, क्षेत्रीय स्थिरता र विश्व विकासको स्रोत बनाउने चीनको आशा रहेको प्रवक्ता कङ श्वाङले उल्लेख गर्नुभयो।

          प्राप्त जानकारीका अनुसार, सो शिखर सम्मेलन 2018 मा दक्षिण कोरिया तथा उत्तर कोरियाबीच वार्तासम्बन्धी संयुक्त वक्तव्य सार्वजनिक भएको छ। कङ श्वाङले कोरियाली प्रायद्वीप स्थिति सक्रिय रुपमा विकास हुँदा तीन मुलुकका नेताले यसबारे बैचारिक आदान-प्रदान गरी एकै आवाजबाट कोरियाली प्रायद्वीप समस्याको राजनीतिक रुपमा समाधान हुन सहयोग पुग्नसक्ने बताउनुभयो। तीन जना नेताले तीन मुलुकबीचको सहयोग तथा अरु साझा अभिरुची भएका विषयबारे गहिरो रुपमा बैचारिक आदान-प्रदान गरी प्रशस्त विषयक संयुक्त घोषणा पत्रको सार्वजनिक गरेको पनि प्रवक्ता कङले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु